मन तरङ्ग

​उनी~~

उडि आयो, टप्प बस्यो, त्यो चरी,

पोख्दै छौ आफ्नो भावना छरिबरी,

साथमा सपना घोली।
बिचित्रको यो संसारमा,

उठ्ने प्रयास गर्दै छु म-

घामको पहिलो किरणमा।
था’छ, आफैलाइ,

पाइला चाल्न साथीको आवस्यक छ भनेर,

तिमी आउन खोज्दै छौ, नयाँ ब्यायाम थपेर,

तर-

म बिबस छु आज,

विभिन्न काहाली लाग्दो प्रेम कथा सुनेर,

हो विभिन्न…………सुनेर।

 म~~

🙂

यो मुस्कान नि तिम्रै देन हो,

लाग्छ मलाइ-

ती प्रेम हैन शारीरिक आकर्षण हो।

तर-

तिम्लाई मैले चाहेको मनले हो,

तिम्लाई सम्झदै दिन काट्नु, अचेलको-

दिनचर्या भो।
पाइला चाल्ने छौँ, एक आपसको समझदारीमा,

अवस्नै रम्ने छौँ हामी, साझा फुलबारीमा।
तिम्लाई बेतुकका गफ दिन सक्दिन,

झन, आकाशका तारा टिपेर ल्याउन-

भो, कुरै गर्दिन।

सक्छु त, आफुसंग भएका सम्पुर्ण बस्तु खर्चन,

केवल, तिम्रो मुहारमा-

मलाइ सिकाए जस्तै मुस्कान ल्याउन,

केवल, मुस्कान ल्याउन ।।

©प्रो नीफोली

प्रो नीफोलि

25th April, 016

Itahari Bazhara

अदृश्य पथ

पात्र: A र B

A~~

आजसम्म तपाईं अरुकै पछि लाग्नु भो,

१२७औँ दिवससम्म, तपाईं र तपाईं जस्ता-

मज्दुर दाजुभाइले के पाउनु भो?

आउनुस, 

हामीलाई साथ दिनुस,

अबको क्रान्ति हामिले-

तपाईंहरुकै लागि गर्ने हो।
 B~~

आशाका किरण छर्छौ तिमी,

फेरि पनि,

आशाका किरण छर्छन उनी,

खै! कहिले हो तिम्लाइ पुग्नी,

अनि,

हाम्रो पालो आउनु¿¿

​A~~

हामीलाई पुगिसक्यो हजुर,

अब, खोज्दै छौँ तपाईकै लागि खजुर,

जंगल भागी भागी,

आफ्नै टाउकाको मोल सुनी सुनी,

कति लड्यौँ हामी तपाईंकै लागि,

कति बगेउ हामी तपाईकै लागि।
B~~

हो!

टाउकाको मोल थियो तिम्रो,

तेसैको परिपुर्ति गर्दैछौ-

चुसी रगत पसिना हाम्रो,

अब के पो बाकी रहयो-

हामीले दिन,

हातमा न बैँस छ, न जीवन।
युवा काल लाग्दा लाग्दै,

तिम्रौ लागि लड्दा लड्दै,

कति साथी सहिद भए-

नया नेपालको गाथा गाउदा गाउदै।
आखिरमा,

चिल्ला गाडी पाएउ तिम्ले,

बेदना बाहेक के नै पायौं र हाम्ले।

तेसैले,

मन मरि गो,

तिम्रा कुरा यी छडिदेउ भो,

बढ्ने छौँ अब हामी, हाम्रै कर्मले,

चुम्ने छौँ शिखर हाम्रै पौरखले,

जित्ने छौ हामी, हाम्रै बिरताले।

हाम्रै बिरताले।।

-*-*-*

©proneefoli

प्रो नीफोली

29th April, 016

Itahari, Bazhara

​वृद्ध जवान

केही दात उछिटिएछ्न् तिम्रो,
केही टुक्रीएछन्।

समय संगै तिम्रा छिमेकी नि,

फेरिएछन्।

कतिका सेवा गरेउ-

घाम पानी नभनी।

कतिलाई गन्तब्यमा पुर्याएउ-

मैले के पाउछु नभनी।
सम्भवत!

वृद्धि तिमी- उमेरले,

जवान तिमी- कर्मले।

सम्मान साथ बिदाइ गर्नुपर्ने हो- अब हामिले।
तिम्रा छिमेकी अवस्य नै रुने छन,

तिम्रा सन्तती अवस्य नै नासिने छन,

तर-

तेहि पाइलाले,

नया इतिहास कोरिएको पाउने छन्-

तिम्रा छिमेकीले।

हो!

ट्याङ्ग्रा पुल।

तिम्रा छिमेकिले।।

******** 

©प्रो नीफोली

@proneefoli

इटहरी बज्राह

कोइ छ कि नाइ?

​ओठ टोकि हासी दिदा, भुतुक्कै हुने तिम्रो कोइ छ कि नाइ।

गाला राता बनाइ बसि दिदा, छेउमै आउने तिम्रो कोइ छ कि नाइ।।
उन्नाइस टेकि बीस लाइ छौ,

साथमा ओइ भन्ने तिम्रो कोइ छ कि नाइ।।
अघिल्तिरका काला केस फर्काउदै-फसाउदै छौ,

भन, पोइला जाने तिम्रो कोइ छ कि नाइ ।।
मुख छोपी हास्न थालेउ तिमी,

भन, मोइ खाने तिम्रो कोइ छ कि नाइ।
ओए! यता हेरन, दारी पाले नि हिन्सम छु,

लगी हाले, जारी हाल्ने, तिम्रो कोइ छ कि नाइ।।
(सिकारु गजल, प्रतिकृया पठाइ सहयोग गर्नु होला)

©प्रो नीफोली

१४ पौष,०७३

इटहरी बज्राह

यस्तो भो’ जीवन

तिमी बिना…

खाली गुर्खा बोतल जस्तो भो जीवन……
कथा अतिरञ्जित नबनाइयोस्…

जुलिएट बिनाको मदन जस्तो भो जीवन……

बेथा राजनीतिकरण नगरियोस्…

सिंहासन बिनाको राजा जस्तो भो जीवन……
सम्बन्ध उस्तै नरहने र’छ…

चुसिएको खोया जस्तो भो जीवन……

समय एकनासे नहुने र’छ…

लुडोको गेडा जस्तो भो जीवन……
पशुपतिमा कोला बेचिदो र’छ…

माहाभारतका पिताम्महको जस्तो भो जीवन……

रानी महल एकलै बाच्दो र’छ…

कान्तिपुरको हनुमान ढोका जस्तो भो जीवन……
देश्द्रोही-दलाल राजनेता हुदो र’छ…

इतिहासका पृथ्वीनारायणको जस्तो भो जीवन……

काग बाच्दो र’छ…

मन्त्रालयको कुर्सी जस्तो भो जीवन……
कुम मजाले नै चल्दो र’छ…

भुन्टेका बा’को जस्तो भो जीवन……

कृष्णको जीवन नि पुजिदो र’छ…

द्रौपदीका युधिष्ठिरको जस्तो भो जीवन……
१५भाद्र, ०७३

©प्रो नीफोली

बज्राह इटहरी 

गजल मन

यी फारसी साहित्यकारलाई पिट्छु कि क्या हो,
गजल उत्पादन गर्ने मुन्छेलाई चुट्छु कि क्या हो।

लेख्नै गाह्रो लागे पनि-
प्रयास गरेमा, सफल हुन्छु कि क्या हो।

निरन्तर लागेमा, साहित्यको यो आयाममा,
आफ्नो नाउ अटाउन सक्छु कि क्या हो।

एउटा बिग्रेको गाजुलबाट पाठ सिक्दै,
काबिलियत हुन्छु कि क्या हो।

यी यति लेखेर पोस्टे पछि,
गजल प्रेमिको मन जित्छु कि क्या हो।

©प्रो
#२९बैशाख०७३